३० जेष्ठ २०८३, शनिबार 1781377995
समाचार

नख्खुको धुलो बाटो, सास फेर्नै गाह्रो

ललितपुर । ललितपुरको नख्खु-भैसेपाटी सडक ७ वर्षसम्म पनि निर्माण सम्पन्न नहँदा वर्षाको समयमा हिलो र हिउँदोको समयमा धुलो मय हुने गरेको छ । वर्षको हिलो र हिउँदोका धुलोले यहाँको स्थानीयहरूमा ठुलो असर परेको स्थानीय विनोद थापा बताउँछन् ।

यो सडक विसं २०७३ देखि सुरु भएको ५ किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी सडक निर्माणको काम पूर्णरुपमा निर्माण नहुँदा यस क्षेत्रमा यातायातका साधनको आवतजावत गर्दा धुलोले आकाश ढाक्छ । मानिसलाई मात्र होइन यहाँको धुलो र हिलोले यस वरपरको बोट विरुवासमेतलाई असर पारेको देखिन्छ ।

धुलोले शरीर छोप्दा मान्छे नै चिन्न गाह्रो हुन्छ। सडकको धुलोले आजित बनेका स्थानीयले सडकमा पानी हालिदिनका आग्रह गरे पनि ठेकेदार पक्षले ढिलाई सुस्ति गर्दा समस्या मा परेको छ।

स्थानीयका अनुसार ‘धुलोले खपिसक्नु छैन, सडकको धुलोजति सबै घरभित्र पस्छ, पकाएको खाना एकछिनमै धुलाम्मे हुन्छ,’ नख्खुमा पसल चलाउँदै आएका बिनोद थापा भने, ‘कहिले त मुखमा धुलो पसेर सास फेर्नै गाह्रो हुन्छ, माक्सको भरमा बाँचेका छौं।’

केही किलोमिटर सडक कालोपत्रे भएपनि सम्बन्धित निकायले ध्यान नदिन्दा लगभग दुई वर्षसम्म नख्खुका निवासीहरु गर्मिमा धुलो र वर्षा मा हिलोमय सडकले जनजिवन कष्टकर बन्दै आएको छ।