२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:33 pm
Banner

महोत्तरीको एनएमबी बैंकमा लुटपाट

सूचना प्रेस २०८० जेष्ठ १६ मंगलबार ००:००, १५:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ।

मंगलबार मध्यान्ह साढे १२ बजे महोत्तरी गाउँपालिका– २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।

चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए। यकिन रकम कति लुटेको हो भन्ने नखुलेको डिएसपी गिरीले बताए।

‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन्। अनुसन्धान गर्न हामी घटनास्थलमै छौं,’ उनले भने।

बैंकले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।