९ भदौ २०८३, मंगलबार 1787684124
Banner

सन्दीप लामिछानेलाई अभ्यास खेल खेल्न दक्षिण अफ्रिका नपठाउने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ।

सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायीले जनाएको छ ।

‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टीमको निर्णय भयो। जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’, उक्त कानुन व्यवसायीले भने।

नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ। सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ।

मंगलबारका लागि पेशी तोकिएपनि न्यायाधीशले अन्तरिम क्षतिपूर्तीको निवेदन परेकाले त्यसको निर्णय भएपछि मात्र फैसला सुनुवाई हुने बताएका थिए।