३ आश्विन २०८१, बिहिबार 1726767506
Banner

परिस्थिति बिग्रेला जस्तै भईसकेको थियो, मोदीजीसँग तीनपटक वार्तागरेपछि सम्हालियो : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कुरा बिग्रेला बिग्रेलाजस्तो भएर सम्हालिएको बताएका छन् । शुक्रबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ३ पटक वान टु वान भेटवार्तापछि वातावरण सहज भएको बताएका हुन् ।

‘मलाई त एकपपटक बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे जस्तो भएको थयो । एम्बेसीमा जाँदा मेरो अनुमारमा चमक नभएको, कुनै दवाव भएजस्तो देखिन्थ्यो । मोदीसँग तीन पटक वान टु वान भेटवार्ता भएपछि परिस्थिति सहज भयो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु,’ उनले भने ।

प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग खुलेर कुरा गरेको बताए । उनले सुनाए, ‘छोटो पिरियडमा पहिले २०–२५ मिनेट, पछि ५–७ मिनेट वान टु वान मिटिङ भयो । सायद त्यही उहाँ कन्भिन्स भएको मैले पाए ।

प्रधानमन्त्रीले नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ‘नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।’