९ मंसिर २०८१, आइतबार 1732511797
Banner

सभामुख र प्रमुख सचेतक बीचको बार्ता सकियो, संसद चलाउने तयारी


काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन दलका सचेतकहरुसँग छलफल गर्नुभएको छ । सदन अवरोध हटाउन सभामुखले दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभएको हो । प्रमुख विपक्षी सहित विपक्षी दलहरुले आफ्ना कन्सर्नका विषयमा प्रधानमन्त्री र सत्तापक्षका नेताहरुसँग छलफल गर्ने बताउनुभएको छ । दलहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकहरु निस्कनुभएको छ ।

सभामुखले बजेट पारित गर्ने समयसीमालाई ख्याल गर्न भन्नुभएको छ सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले बताउनुभयो। उहाँका अनुसार सभामुखले बरु समय लिनुहोस् तर हाउस चल्नुपर्छ भन्ने अडान राख्नुभएको बताउनुभयो ।