९ मंसिर २०८१, आइतबार 1732471777
Banner

प्रधानमन्त्रीलाई ‘भैसी चढेर आएको’ भनेपछि संसद्‍मा हंगामा, शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको चर्चा भइरहेको बताएपछि संसद्‍मा हंगामा भएको छ ।

k|ltlglw;ef a}7s cj?4 sf7df8f}F, @! h]7M k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7s ;~rfng x’gf;fy k|d’v k|ltkIfL bn g]skf -Pdfn]_, /fli6«o :jtGq kf6L{, /fli6«o k|hftGq kf6L{nufotsf ;f+;bx¿n] cf–cfˆgf 7fpFdf pleP/ lj/f]w ub}{ . tl:a/ M /Tg >]i7÷ /f;;

रास्वपाका सांसद खनालले भारत भ्रमणबाट फर्किँदा प्रधानमन्त्री प्रचण्ड भैँसी चढेर आएको चर्चा भइरहेको बताएका थिए । खनालले यसो भनिरहँदा माओवादीले सांसदहरूले उठेर विरोध गरेका छन् । त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेले नियमापत्ति जनाउँदा अशिष्ट र अमर्यादित शब्द हटाउन माग गरेका हुन् ।

उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समयमा सत्ता पक्षका सांसदले अवरोध गरेको भन्दै एमालेका सांसद योगेश भट्टराई, सूर्य थापासहितले निरन्तर हंगामा गरेका हुन् ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डले नै भैँसी चढेको विषय उल्लेख गरेको बताए ।

खनालले बोलेको भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।