२२ असार २०८३, सोमबार 1783349398
Banner

प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको टिप्पणी :‘भारत भ्रमण अत्यन्तै फितलो भयो, छोरी फर्स्ट लेडी हुदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताउनु भएको छ।

अध्यक्ष ओलीले भन्नुभएको जस्ताको त्यस्तै
प्रधानमन्त्रीज्यू अत्यन्त फितलोरुपमा प्रस्तुत हुनुभयो । वास्तवमा भन्ने हो भने, मलाई भन्न त मन थिएन, तर हाम्रो प्रोटोकल नै भएन । तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन् ।

यस्तोमा परिवारको सदस्य राख्न मिल्दैन । फर्स्ट लेडी भनेको स्पाउस (श्रीमान÷श्रीमती) लाई भनिन्छ । अरु फेमिली मेम्बर हुन् । छोरा लगे फस्र्ट जेन्टलम्यान भन्ने त रु थुप्रैले स्पाउस लैजान्छन् महिला प्रधानमन्त्री भएको देशमा । छोरा लगेर स्पाउसको स्टाटस हुँदैन । परिवारका सदस्यलाई फर्स्ट लेडी भनिन्न ।

भोलि नातिनी लगे के भन्ने ? प्रोटोकल यस्तो भद्रगोल गर्न हुँदैन । वार्तामा परराष्ट्रमन्त्री, सचिव, शिष्टाचार महापाल, नोट मेकर हुनुपर्छ । मोदीसँग गरेको कति तपाईंले कति सम्झिनुयो ? अहिले भनेको कुरा फेरि दोहोर्याएर त्यही शब्दमा भन्न सक्नुहुन्छ ? त्यसैले आधिकारिक रेकर्ड हुनुपर्छ ।