२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:11 pm
Banner

कालिकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

सूचना प्रेस २०८० जेष्ठ २५ बिहिबार ००:००, ०९:३२ बजे १ मिनेट पढाइ

कालिकोट– कालिकोटमा जिप दुर्घटना भएको छ । आज बिहान ग३च ४६१० नम्बरको जिप रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कमा ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको हो । 

प्रहरीका अनुसार दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेको प्रहरीले बताएको छ । 

यस्तै घटनामा एक जना गम्भीर घाइते भएको बताइएको छ ।