२२ असार २०८३, सोमबार 1783355975
Banner

‘कोशी प्रदेश’ नामकरण विरुद्धको आन्दोलनमा प्रचण्डको संलग्नता छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’मा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष संलग्नता रहेको बताउनु भएको छ।

बिहीबार पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै उहाँले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कोशी प्रदेश नामकरणविरुद्ध प्रचण्डको प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने।’

अध्यक्ष ओलीले अब कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने पनि बताउनु भयो। उहाँले भन्नुभयो, ‘अब नेकपा एमालेले तयारीका सडक तताउनु पर्ने अवस्था आएको छ । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ । गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ ।