८ मंसिर २०८१, शनिबार 1732361407
अर्थ

आलु र प्याजमा लगाएको कर नहटाए आयात रोक्ने चेतावनी

काठमाडौं । व्यवसायीले भारतबाट आयत हुने आलु र प्याजको आयात रोक्ने चेतावनी दिएका छन् ।

नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक बिक्री संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो ।

आलु र प्याजमा भ्याट लगाउने अर्थमन्त्री डा. महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्ध भएको संघको भनाइ छ ।

आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत सहज नहुने बताए ।

सरकारले ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा भ्याट तिर्न भनेको छ । एक व्यवसायीका अनुसार हाल वार्षिक २० अर्ब रुपैयाँको प्याज र आलुको कारोबार हुने गरेको छ ।

Tags :