१० कार्तिक २०८१, शनिबार 1729959066
Banner

राष्ट्र बैंकका गभर्नर अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाललाई अर्थ समितिको बैठकमा बोलाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाइने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको निर्णयअनुसार उनीहरुलाई सो बैठकमा बोलाइने भएको हो ।

बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य सन्तोष चालिसेले बताए ।

त्यसअघि, सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाएकी थिइन् ।

महँगो मूल्य भएकाले कम्पनीको आईपीओमा स्थानीयले आवेदन दिन नसकेको उनले उल्लेख गरिन् । सो विषयमा धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा उनले जोड दिइन् ।

Tags :