११ कार्तिक २०८१, आइतबार 1730088566
Banner

वानएक्स बेटमा कलाकार बल्छी ध्रुवेसहित आठजना पक्राउ

काठमाडौं । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले कलाकार बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय स्रोतले दिएको जानकारीअनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो ।