१२ कार्तिक २०८१, सोमबार 1730096174
Banner

गोठाटारको ३१ रोपनी जग्गा विचौलियाले अपचलन गरेका छन्ः सांसद आले

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपति क्षेत्र विकास कोषको जग्गा विचौलियाले अपचलन गरेको बताएका हुन् ।

उनले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटन मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाए । उनले गोठाटारको ३१ रोपनी जग्गा विचौलियाले लिएर अपचलन गरेका बताए ।

उनले भने, ‘मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ । कोषको अध्यक्ष मन्त्री र पदाधिकारी मस्त निन्द्रामा छन् । गोठाटारको ५३५ रोपनी जग्गामध्ये ५०४ रोपनी मात्र हालसाबि गरेर ३१ रोपनी जग्गा विचौलियासँगको मिलेमतोमा अपचलन गरी त्यही जग्गा अपचलनमा मुछिएका विचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ । गोठाटारको जग्गाको विषयलाई सत्यतथ्य ल्याउने सदस्यलाई हटाउन स्पष्टिकरण सोधिएको छ ।’

सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले विगत ३ महिनामा नेपाल वायुसेवा निगमले ४ अर्ब नाफा कमायो भनेर झुठो बोलेको बताए । उनले निगमको यथार्थ आर्थिक अवस्थाको बारेमा संसदलाई जानकारी गराउन माग गरे । उनले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिए ।