१२ कार्तिक २०८१, सोमबार 1730168268
Banner

६ वटै प्रदेशले आज बजेट ल्याउँर्दै, कोशीले हिजो अध्यादेशमार्फत ल्यायो

काठमाडौँ । ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरूले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । कोशी प्रदेशमा भने संसद् अधिवेशन अन्त्य गरिएकोले हिजो नै अध्यादेशमार्फत बजेट ल्याइएको छ ।

संविधानतः सङ्घ सरकारले जेठ १५ मा र प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्ने व्यवस्था छ । यहीअनुरूप प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशअनुरूप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा परेका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हिजो पत्रकार सम्मेलन गर्दै अध्यादेश मार्फत ल्याएको आर्थिक वर्ष २०८०(८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेका छन् ।