२३ भदौ २०८३, मंगलबार 1788883705
Banner

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश (आदेशको पूर्णपाठ)

काठमाडौं : जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जबर्जस्ती करणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

यससँगै २५ दिनदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह कारागार चलान हुनेछन्।

शाहका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।