११ कार्तिक २०८१, आइतबार 1730060843
खेलकुद

नेपालसँग प्रतिस्पर्धा गर्दै अमेरिका

काठमाडौं । आज नेपाल र अमेरिका बिचमा प्रतिस्पर्धा हुँदैछ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा खेल नेपाली समय अनुसार अपराह्न १२ः४५ बाट सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उद्देश्यसहित मैदानमा उत्रदैँछ ।

उत्कृष्ट लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो खेल भने जित्नै पर्ने दबाबमा देखिनेछ ।

पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको अमेरिका पनि पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।