१० कार्तिक २०८१, शनिबार 1730002465
Banner

ओखलढुंगा चम्पादेवीको बिलन्दुमा पहिरो, एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको छ । मृतक चारैजना एकै परिवारको भएको स्थानीय हरि घिमिरेले बताए । रणबहादुर गुरुङ्ग, उनका श्रीमती र छोराछोरी पहिरोमा पुरिएर निधन भएको घिमिरेले सूचनाप्रेसलाई जानकारी दिए ।

उनका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । बिहीबार राति पहिरो जाँदा उक्त घटना भएको हो । अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।