८ मंसिर २०८१, शनिबार 1732390393
राजनीति

कांग्रेसले लय छाड्दा सामाजिक आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा व्याप्त असन्तुष्टि, निराशा र आक्रोशले विष्फोटको रूप लिन लागेको भन्दै ब्यापक निराशाको विश्लेषण गर्नुपर्ने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले समाजमा निराशा र आक्रोश फैलिनुको कारण देशको सबैभन्दा ठूलो र पूरानो पार्टी कांग्रेसको लय बिग्रनु नै भएको बताए।

थापाले भने–आज समाजको आक्राश विष्फोट हुन लागेको छ। जताततै ब्यापक निराशा छ। यसको कारण देश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पार्टीको लय बिग्रिदा,यसले लय पक्रिन नसक्दा,अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ।