२७ भदौ २०८३, शनिबार 1789246471
समाचार

धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा पुनः काठमाडौं फर्कियो

काठमाडौं । आइतबार काठमाडौंबाट धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्किएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेननाथ सिटौलाले बिहान ७ः५० मा उडेको श्रीको जहाज ८ः२० मा पुनः त्रिभुवन विमानस्थलमा फर्काएर ल्याण्ड गरिएको बताए। जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए।

जहाजमै केही समस्या हो वा कुनै त्रुटिले भएको हो भन्ने विषयमा अध्ययन हुने उनले बताए। जहाजमा ७९ जना यात्रु थिए। ती यात्रुलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भएको छ।