४ आश्विन २०८१, शुक्रबार 1726881220
समाचार

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित हुनुभएको छ। शुक्रवार सम्पन्न आठौं महाधिवेशनमा कमला पन्थीलाई पराजित गर्दै तुम्खेवा विजयी हुनुभएको हो ।

महाधिवेशनले उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यातलाई निर्वाचित गरेको छ।

यस्तै‚ सदस्यहरूमा पार्वता चौधरी, साजना तामाङ, सलोजा दाहाल, नुनुता राई, लोकसरी कुँवर, मञ्जिला ढकाल, राधा प्रधान र पवित्रा मुडभरी विजयी भएका छन्।