२७ भदौ २०८३, शनिबार 1789261198
Banner

४१ जना न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्को बैठक बस्दै

काठमाडौँ । उच्च अदालतमा रिक्त रहेका ४१ जना न्यायाधीश नियुक्तिका लागि परिषद्को बैठक बोलाइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा न्यायपरिषद्को बैठक सोमबारका लागि आव्हान गरिएको हो।

बैठक सोमबार अपराह्न १ बजेका लागि डाकिएको छ । बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ राखिएका छन् ।

हाल उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रिक्त छ । तर ४१ जना न्यायाधीशको पद रिक्त भए पनि यसअघि बनेको कार्याविधिका आधारमा छनोट गर्ने भनिएको २७ जना न्यायाधीशको सम्बन्धमा सोमबार निर्णय हुन सक्ने जनाइएको छ।

तत्कालीन समयमा रिक्त रहेका २७ जना न्यायाधीशमध्ये आधा जिल्ला न्यायाधीशबाट करिब २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी गरिएको छ ।