७ भदौ २०८३, आइतबार 1787514340
Banner

बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०–८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन्।

बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ। बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्। यद्यपि, सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा ‘अन्डरस्ट्यान्डिङ’ बनिसकेको नेताहरूले जनाएका छन्।