२७ भदौ २०८३, शनिबार 1789260143
Banner

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट २ जनाको मृत्यु

काठमाडौं । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीका दुई युवाको मृत्यु भएको छ। घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन्।

बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गएको आइतबार राति सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार डकैतीमा संलग्न समूहमाथि भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको छ ।

स्रोतका अनुसार भारतीय प्रहरीको गोली लागेर मारिने युवा लालबन्दी २ पुनर्वासका राजेश पासवान र रुमाले पासवान हुन्। उनीहरु दुबै झण्डै ४५ वर्ष उमेरका छन्। उनीहरु श्रीमती र बालबच्चा भएका व्यक्ति हुन्।

घटनामा प्रहरीको गोली लागेर पुनर्वासकै अन्य चार युवा पनि गम्भीर घाइते भएका बताइएको छ। तर, उनीहरुको नाम खुलेको छैन। नेपालको प्रहरी स्रोतले भने मृतक र घाइतेको विषयमा आधिकारिक जानकारी दिन अस्वीकार गरेको छ।