७ भदौ २०८३, आइतबार 1787514518
Banner

बजेटको पक्षमा मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादीले जनाएको छ ।

बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए। यसैबीच बजेट पारित गर्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टीको पनि संसदीय दलको पनि बैठक बस्दैछ।

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। आज बजेट पारित गर्ने कार्यसूची रहेको छ।