२७ भदौ २०८३, शनिबार 1789244949
Banner

जिल्ला अदालतकी नासु तामाङमाथि हातपात आरोपमा वकिल पक्राउ

काठमाडौं। ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्।

ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन्।

मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। तामाङको मुखमा चोट देखिएको छ।

लामिछानेले तामाङको फाँटमा पुगेर फाइल मागेर हेर्नु भएको रहेछ। तामाङले फोटो कपी गरेर हेर्नुस् भन्दा तँ तँ र मम भन्दै लामिछाने झम्टिएको र हातपात गरेको पीडितले आरोप लगाउनु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार लामिछानेले फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन्। उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।