काठमाडौं । ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे साझापत्रसहित कारबाहीका लागि अनुरोध गरेका छन् ।
गण्डकी प्रदेशको पोखरामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले साझापत्र तयार गरेर आवश्यक कारबाहीको लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको हो । पत्रमा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत, कानुनी र व्यवहारिक विषयहरूको सम्बोधनमा जोड दिइएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका मुख्यमन्त्रीले साझापत्रमार्फत प्रधानमन्त्रीलाई आवश्यक कारबाहीको अनुरोध गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान अन्तरप्रदेश परिषद् बैठकमा साझापत्रमा रहेका एजेन्डामाथि थप छलफल हुनेछ ।