२३ भदौ २०८३, मंगलबार 1788883268
समाचार

निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशित गर्ने भएको छ।

मतदाता नामावली अध्यापकको कार्य सकिएको जानकारी दिँदै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले आज आयोगले औपचारिक निर्णय गरेर नामावली प्रकाशित गर्ने जानकारी दिनुभयो ।
यसअघि आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो।