२८ भदौ २०८३, आइतबार 1789334632
Banner

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं- नेपाल आयल निगमको सोमबार बसेको बोर्डको बैठकले इन्धनको मूल्य घटाएको छ।

आयल निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले घटाएको छ भने तराईका जिल्लाहरूमा प्रतिलिटर ७ रुपैयाँ ५० पैसा घटाएको हो।

त्यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँ प्रति लिटरले घटेको छ।