१० कार्तिक २०८१, शनिबार 1729987677
Banner

न्यायाधिश रेग्मीको इजालासमा परेका कारण गुरुङको रिट हेर्न नमिल्ने

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेको ३ जनाको मुद्दा आज पनि हेर्न नमिल्ने अवस्थामा पुगेको छ । उनीहरूको मुद्दा आजका लागि न्यायाधिश कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजालासका छ ।

तर, न्यायाधीश रेग्मीले ललितानिवासको जग्गा खरिदबिक्रीमा जोडिएका कारण उनले यो मुद्दा हेर्न मिल्दैन । रेग्मीको इजालासमा उक्त मुद्दा परेका कारण आज पनि यो मुद्दा हेर्न नमिल्ने अवस्थामा पुगेको हो ।

आफूहरुलाई गैरकानूनी रूपमा पक्राउ गरेको दावीसहित ललितानिवास जग्गा अनियमितता प्रकरणका ३ आरोपितहरूले निवेदन दिएका थिए ।

मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन बिहीबार न्यायाधीशहरु श्रेष्ठ र रेग्मीको इजलासमा परेको छ।

यसअघि कानून व्यवसायमा संलग्न हुँदा मिनबहादुर गुरुङ र भाटभटेनी डिपार्टमेन्ट स्टोरको कानूनी सल्लाहकार भएकाले उनले त्यो निवेदन सुनुवाइ गर्न नमिल्ने भएको हो । उनले यसअघि पनि आफूकहाँ परेका ललितानिवास जोडिएका मुद्दा हेर्दैनथे ।

बन्दीप्रत्यक्षीकरणको निवेदन तत्काल सुनुवाइमार्फत निरुपण गरिन्छ ।