१० कार्तिक २०८१, शनिबार 1730002351
Banner

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ ग्रहण

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

हिजो साँझ मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिनुभएको हो ।

थापाले आजै सानो मन्त्रीमण्डल गठन पनि गर्नुभएको छ । कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी)बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीको शपथ लिनुभएको छ । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।