१० कार्तिक २०८१, शनिबार 1729972930
Banner

1कोशी प्रदेशका सभामुख भन्छन् : संसदको गरिमा जोगाउन नसकेको कुरा मान्छु


काठमाडौं । सरकार बनाउन मतदान गरेको भनी विवादमा आएका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आवश्यक परे आफू सभामुख पदबाट बाहिरिन सक्ने संकेत गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीले अब तपाईं सभामुख कि सांसद भनी गरेको प्रश्नमा उनले भने, ‘ के भनेर सम्बोधन गर्नु हुन्छ भन्ने तपाईँहरूको कुरा हो । अहिलेसम्म म पदमा बहाल छु ।’

सभामुख तटस्थ रहनुपर्ने संवैधानिक व्यवस्था छ । तर, उनी तटस्थता भन्ने कुरा संसदीय इतिहासमा पक्ष र विपक्षकै भूमिका हुने बताउँदै निष्पक्षता कहीँ पनि नहुने बताउँछन् । उनले भने, ‘ राज्यका सम्पूर्ण निकाय निष्पक्ष हुनपर्छ, तर यसको मतलब के हैन भने मैले सदनमा गर्ने भूमिका म रहँदासम्म निष्पक्ष हुन्छ, यदि त्यो हुन सक्ने स्थिति बनेन भने मैले यहाँ बसिरहनु पर्ने आवश्यक हुँदैन ।’

सरकार निर्माणका लागि कहीँ न कहीँबाट निकास निकाल्नुपर्ने पर्ने भएकाले आफूले निकास निकालेको उनले बताए । उनी भन्छन्, ‘संसदको गरिमा जोगाउन नसकेको कुरालाई म मान्छु ।’

मैले आफ्नै हैसियतभन्दा तल झरेर गरेको निर्णयमा म सहमत नै छु । म आफ्नो सदनको अध्यक्षको नाताले मैले पक्ष र प्रतिपक्षलाई मिलाएर जानु पर्ने मेरो जुन दायित्व छ त्यसको आधारमा एक पक्षीयरूपमा हस्ताक्षर गर्नु नपरोस् भन्ने मेरो चाहना नै थियो । त्यसकालागि मेरो अन्तिमसम्म प्रयास पनि थियो ।

त्यो लुकीछिपी पनि छैन त्यो क्लियर नै छ । अन्तिममा निकास के हो त त्यसो भए । निकास विहीन हामीले प्रदेशलाई राख्न सक्दैन थियौं । भोलि त्यसको गृहकार्य कसरी हुन्छ, त्यसको छलफल कसरी हुन्छ, कसरी बन्छ, टिक्छ कि टिक्दैन भन्ने कुरा उहाँहरूले जान्नुहुन्छ । मैले निकास दिनु पर्थ्यो मैले निकास दिएकै हो ।’