१० असार २०८३, बुधबार 1782342668
समाचार

नारायणघाट–मुग्लिन सडक दुइतर्फी सञ्चालन

काठमाडौं । नारायणघाट-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो।

झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले जानकारी दिए।

‘पहिरो सानो थियो, पन्छाउन धेरै समय लागेन। अहिले सडक दुइतर्फी नै सञ्चालनमा छ,’ तामाङले भने।

यसअघि शनिबार अपराह्न ४ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खस्दा ९ घन्टा सडक दुईतर्फी नै अवरूद्ध भएको थियो।

तीनवटा स्काभेटर प्रयोग गरी राति १ बजे पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको थियो।