२६ आश्विन २०८१, शनिबार 1728731142
खेलकुद

मकवानपुरका आमेथ अन्तराष्ट्रिय फुटबल खेल्दै

मकवानपुरका आमेथ रुम्बाले स्पेनमा मंगलबार देखी सुरुहुने ३० औ दोनोस्टी कप अन्तराष्ट्रिय फुटबल प्रतियोगीता २०२३ मा खेल्ने अबसर पाएका छन् । स्पेनको दोनोस्टी सिटीमा आयोजना हुने नौ बर्ष मुनिका खेलाडीहरु बिच हुने अन्डर नाईन खेलमा रुम्बाले सिडि ईन्टरनेशनल कल्बबाट खेल्ने मौका पाएका हुन् । उनि फरवर्ड प्लेयर पोजिसनका खेलाडी हुन् । सिडि ईन्टरनेशनल कल्बले रुम्बाको रनिङ्ग,खेलको क्षमता र बलियो शरिर देखेका कारण कल्बमा छात्राबृती दिएर प्रशिक्षण गराईएको छ ।

उनको खेल क्षमताको आधारमा छोटो समयमै कल्बमा अनुबन्धित भएर दोनोस्टी कप ईन्टरनेशनल फुटबल प्रतियोगीतामा कल्बले छनौट गरेको उनका बुबा अशोक रुम्बाले बताउनु भयो । बाबुको ईच्छापनि फुटबलमै भएका कारण आफुले सोही क्षेत्रमा लगाएर अगाडी बढाएको रुम्बाले बताए । मंगलबार रुम्बाको टिमले पेरिसको न्यु ओरल्यास कल्बसंग पहिलो खेल खेल्ने छ । दोनोस्टी सिटिको एलिना स्टेडियममा जुलाई ३ देखी ९ सम्म चल्ने प्रतियोगीता अन्तरगत मंगलबारको खेल नेपाली समय अनुसार साझ आठ बजे सुरुहुने तालीका रहेको छ । प्रतियोगीतामा एसिया,अमेरीका,युरोप र अफ्रिका गरी २७ राष्ट्रका खेलाडीहरुको सहभागीता रहने जनाईएको छ ।

आमेथ नेपाली,हिन्दी,अग्रेजी,स्पेनिष्ट र दोनोस्टीको बाईसबास भाषा समेत राम्रै बोलने गर्दछन । मकवानपुरको मनहरी गाँउपालीका स्थित हाडिखोला ३ पालदमार स्थायी घर भएका आमेथ बुबाको रोजगारी शिलशिलामा स्पेन बस्दै आएकाछन् । उनी भबिस्यमा राम्रो अन्तरराष्टिय खेलाडीका रुपमा छाउने पक्का छ । आमेथका बुबा अशोक सिनक्युकेसिन कराँते गण्डकी प्रदेशका संयोजक एबं पर्यटन ब्यवसायी हुन् ।