१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:03 am
शिक्षा /स्वास्थ्य

कक्षा ११ मा छात्रवृत्तिका लागि महानगरले खोल्यो आवेदन

सूचना प्रेस २०८० असार २८ बिहिबार ००:००, ०८:१० बजे १ मिनेट पढाइ

काठमाडौं । कामठमडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रावृतिमा अध्ययन गर्न अनलाइन फारम खोलेको छ । महानगरले आफ्नो क्षेत्र भित्र रहेको विद्यालयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन खुला गरेको हो ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०-०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि मिति २०८० असार २८ गते बिहान १०ः०० बजेदेखि मिति २०८० साउन १२ गते राति ११ः५९ बजेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस (Online Application Form Submission) गर्न आह्वान गरिएको छ ।’

महानगरले सबै विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई फारम भर्न सक्ने बताएको छ ।