२८ भदौ २०८३, आइतबार 1789337956
Banner

सरकारले अघि बढायो ७ देशमा राजदूत नियुक्ति प्रक्रिया

काठमाडौं । सरकारले रिक्त स्थानमा राजदूतहरू नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ।

स्थायी नियोग न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुबेत गरी ७ स्थानमा राजदूत खाली छन्।

राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नमाथि बिहीबार जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले रिक्त सातै स्थानमा राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढेको बताएका हुन्।

कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्ति गरिने उनले बताए। ‘राजदूत नियुक्ति सम्बन्धमा उच्च राजनीतिक तहमा छलफल भइरहेको छ,’ उनले भने, ‘अब यो प्रक्रिया शीघ्र सम्पन्न गरिनेछ।’