११ कार्तिक २०८१, आइतबार 1730017033
शिक्षा /स्वास्थ्य

भारतको उत्तरप्रदेशमा ५ जना बोलबम यात्रीहरुको मृत्यु

काठमाडौं। भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ।

उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे यो घटना भएको हो। बोलबम यात्रीहरु सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएर करेन्ट लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।

करेन्ट लाग्दा १० जना गम्भीर घाइते भएका थिए। तीमध्ये ५ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेरठ डिस्ट्रिक मजिष्ट्रेट दीपक मिणाले जानकारी दिएका छन्। अन्य ५ जना घाइतेहरुको गम्भीर अवस्थामा उपचार जारी छ।

यसअघि गत शुक्रबार र शनिबार पनि भारतको मुजफ्फरनगर जिल्लामा भएका अलग-अलग सवारी दुर्घटनामा ४ जना बोलबम यात्रुको मृत्यु भएको थियो।