१४ श्रावण २०८३, बिहिबार 1785404593
Banner

रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वेल घेरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

रास्वपा सांसदहरू बसेको ठाउँबाट उठेर वेलतर्फ गएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि छलफल भइरहे पनि सभामुखले निर्णयार्थ प्रस्ताव पेश नगरेको बताए।

यसपछि सभामुख देवराज घिमिरेले प्रस्तावमाथि घोषणा हुँदा सांसदहरूले आपत्ति नजनाएको उल्लेख गरेका थिए।