११ कार्तिक २०८१, आइतबार 1730009446
राजनीति

कांग्रेस वरिष्ठ नेतामा गोपालमान श्रेष्ठको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली वरिष्ठ नेतामा दाबी गरेका छन् ।

सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता तोकेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठक अगाडि श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव बढाएका हुन् ।

बैठकको अघिल्लो दिन आइतबार देउवाले बोलाएको परामर्श बैठकमा पनि नेताले श्रेष्ठको विषय उठाएका थिए ।

‘मभन्दा सिनियर अरु छैन । गिरिजाप्रसाद कोइराला सभापति भएको बेला उपसभापति र शेरबहादुर देउवा सभापति भएको बेला कार्यबाहक चलाएको हुँ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘वरिष्ठ नेतामा मेरो स्वभाविक दाबी हो ।’

सभापति देउवाले अघिल्लो कार्याकालमै वरिष्ठ नेता बनाउने आश्वासन दिएपनि पूरा नभएको समेत उनको गुनासो छ । नेता श्रेष्ठले भने, ‘हिजो पनि साथीहरुले तत्काल तोक्नुस् भन्नुभएको हो, तर उहाँले केही दिन कुर्नुस् भन्नुभएको छ ।’

Tags :