११ कार्तिक २०८१, आइतबार 1730024506
Banner

काँग्रेसको मुल्यांकन, संसदमा प्रतिपक्षीमा एमाले आक्रामक र अधैर्य, अरु अपरिपक्व

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आक्रामक रहेको टिप्पणी गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै सचेतक लेखकले एमाले आक्रामकसँगे अधैर्य पनि रहेको रिपोर्टिङ गरेका हुन् । ‘प्रतिपक्ष आक्रामक छ । आक्रामक मात्रै होइन, परिपक्व त छ । तर कहिलेकाँही अधैर्य देखिन्छ, उनले भने ।