२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:09 am
राजनीति

बूढीगण्डकी जलविद्युत आयोजना उद्घाटन गर्न ११ बजे गोरखा जाँदै प्रचण्ड

सूचना प्रेस २०८० श्रावण ३ बुधबार ००:००, ०८:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै छन्।

बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटनका लागि बिहान ११ बजे त्यता जान लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बतायो।

गोरखाको सिउरेनीटारमा बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न लागिएको हो। त्यो आयोजनाको मुआब्जा वितरण तथा पुनर्वास एकाइ हो।

१२ सय मेगावाटको जलासययुक्त आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी बनाइसकेको छ।