१३ श्रावण २०८३, बुधबार 1785367231
Banner

प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तीसम्म यस्तो छ मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकार नयाँ कम्पनी दर्ता र कम्पनीको पूँजीवृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

यस्तै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृति भएको छ।

इटालीमा आयोजना हुने युनाइटेड नेशन फुट सिस्टम कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषि मन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ ।

यसैगरी सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा।रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ । डा.मल्ल सोही अस्पतालमा कार्यरत छन् ।