काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको हो ।
राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्ने थप तीनजना कार्गो कम्पनी सञ्चालक रहेका छन् । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ ।
हिजो साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेका छन् । त्यसमध्ये ६ जनालाई हिजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । हिजो दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चारजनालाई भने आज म्याद थप गरिने जनाइएको छ ।
बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जोख्दा १५५ केजी रहेको छ ।