२० आश्विन २०८३, मंगलबार 10:50 am
Banner

तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आजपनि केन्द्रिय सदस्यले आफनो धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। तीन दिनदेखि जारी बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

बैठकमा केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ।