२८ भदौ २०८३, आइतबार 1789344413
Banner

निर्वाचन आयोग भन्यो, ‘स्थानीय तहको चुनावमा साना दलहरूलाई पुरानै चुनाव चिह्न दिन्छौ’

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा साना दलहरूलाई पुरानै चुनाव चिह्न दिने भएको छ। आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूलाई यसअघिकै चुनाव चिह्न प्रदान गर्ने निर्णय गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेकका अन्य ७३ दललाई आयोगबाट यसअघि प्रदान गरिसकिएको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय भएको छ।