३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:21 am
Banner

ललितपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु

सूचना प्रेस २०८० श्रावण ६ शनिबार ००:००, १७:३५ बजे १ मिनेट पढाइ

ललितपुर-ललितपुरको हात्तीवनमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका-१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिनु भयो।

गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्‍बरको बसले विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मृतक काभ्रे बेथानचोक गाउँपालिका घर भई ललितपुरको ठैब बस्ने २९ वर्षीय जिवन तामाङ र मकवानपुर हेटौंडाका अन्दाजी ३२ वर्षीय मानबहादुर वाइबा छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।