७ मंसिर २०८१, शुक्रबार 1732310985
समाचार

निर्माण व्यवसायीले आज मुख्यमन्त्री र सिडिओलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं । ससकारविरुद्ध आन्दोलन घोषणा गरेको नेपाल निर्माण व्यवसायी महासंघले आज ७ वटै मुख्यमन्त्री र ७७ वटै प्रमुख जिल्ला अधिकारी समक्ष अल्टिमेटमसहित ज्ञापन पत्रबुझाउने भएको छ ।

सरकारले समयमै रकम भुक्तानी नगरेको, म्याद थप गर्ने निर्णय न्यायोचित नभएकोलगायत विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेको महासंघले आज मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन लागेका हो ।

मुख्यमन्त्री र सिडिओलाई आज ज्ञापनपत्र बुझाउने महासंघले साउन १० गतेदेखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका अध्यक्षहरूलाई मागेको बारेमा जानकारी गराउने तालिका रहेको छ । त्यसबेलासम्म पनि माग पूरा नभएमा साउन १४ गते सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना बस्ने ७ वटै प्रदेश मुख्यमन्त्रीको कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय अगाडि सेफ्टी हेल्मेट लगाएर एक घण्टा धर्ना कार्यक्रम गर्ने निर्माण व्यवसायीहरुले बताएका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहकाअनुसार सरकारले निर्माण व्यवसायीको ४० अर्बरूपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समयमा रकम भुक्तानी नहुँदा बैंकको किस्ता तिर्न नसकेको, सरकारलाई कर बुझाउन समस्या भएको उनीहरूले बताएका छन् । भुक्तानी अभावकै कारण सप्लाई चेन अस्तव्यस्त हुनका साथै निर्माण मजदुरहरूको रकम पनि भुक्तानी गर्न नसकिएको निर्माण व्यवसायीहरुले बताएका छन् ।