१४ आश्विन २०८३, बुधबार 10:18 am
Banner

एमाले अध्यक्ष ओलीले आज रुपन्देहीमा सम्बोधन गर्नुहुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर रुपन्देही व्यस्त रहने कार्यक्रम छ ।

सोमवार कपिलवस्तुमा सांसदहरू सहित हजारौं कार्यकर्ता पार्टीमा भित्रयाउनुभएका ओलीले आज रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।

कपिलवस्तु कार्यक्रम सकाएर उहाँ सोमबार साँझ बुटवलमा बस्नुभएको छ । आज बिहान ८ बजे रुपन्देहीको तिलोत्तमाले निर्माण गरेको बहुउद्देश्यीय टावरको उद्घाटन गर्ने कार्यक्रम छ । टावर ९ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको तिलोत्तमा नगरपालिकाका मेयर बाशुदेव घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै ११ बजे नेपाल भुपू सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय सम्मेलन तिलोत्तमास्थित ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा ओलीले उद्घाटन गर्नुहुनेछ ।

दिउँसो १ बजे लुम्बिनीमा सभा तथा पार्टी प्रवेश कार्यक्रम रहेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीलेले जानकारी दिनुभयो। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, युवा नेता खिमलाल भट्टराई लगायतका नेताहरूले पनि संवोधन गर्ने कार्यक्रम रहेको छ ।