२७ बैशाख २०८३, आइतबार 1778432483
Banner

निरन्तरको वर्षाका कारण दाङमा १६ घर डुबे

काठमाडौं । अविरल वर्षाका कारण दाङको लमही नगरपालिका गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा १६ घर डुवानमा परेका ।

राजपुर गाउँपालिका २ कि पुष्पा नेपालीको घर भत्किएपछि उनको परिवारलाई छिमेकी ग्वाते कुमालको घरमा सारिएको दाङ प्रहरीले जनाएको छ।

घरहरू डुवानमा परेको खबर पाएपछि पुगेको प्रहरीले नागरिकहरूको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ। त्यसैगरी खहरे खोलाहरूमा आएको बाढीका कारण गढवा कालाकाँटे हुलाकी सडक खण्ड अवरुद्ध भएको छ।

पालिकाको सहयोगमा डोजरहरूको प्रयोग गरेर बाढीसँगै आएको पहिरो तथा लेदो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ। त्यस्तै तुलसीपुर देखी घोराही आउँदै गरेको स्कारपियो तुलसीपुर १४ मा पर्ने स्थानीय खोलामा आएको बाढीले बगाएको छ।