११ कार्तिक २०८१, आइतबार 1730088382
Banner

सत्तारुढ दलका नेताले नै मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा


काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अर्थमन्त्री र गृहमन्त्रीले नैतिक अधिकार गुमाइसकेको बताएको छ ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद डा. सुनील शर्माले संसद् सुरु हुनासाथ आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।

उनले डा. रामशरण महतको विदेशमा खाता देखिएको भन्दै राजीनामा दिएर बसेको स्मरण गर्दै यो अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताए ।

“मुख्य नाइके अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ,” उनले भने, “दुई जना मन्त्रीले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न ।”

सांसद शर्माले भने, सुन तस्करीमा संलग्न मुख्य नाईके पक्राउ गर्न परयो होइन भने अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्दछ । उनले भने प्रश्न पक्ष प्रतिपक्षको होइन नेतानै संलग्न भएर अन्तराष्ट्रिय विमान स्थलबाट सुन आउँदा जवाफ दिनुपदैन ।