काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।
सो विधेयक बिहीबार राष्ट्रियसभाबाट सर्वसहमतिले पारित भएको थियो ।